जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको तरकारी मन्डीमा आलुु, प्याज पसलमा अनुुगमन

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाले आलुु, प्याज र तरकारी पसलहरुमा मंगलबार अनुुगमन गरेको छ ।

पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङको संयोकत्वमा रहेको बजार अनुुगमन समितिले पोखराको शान्ति बन स्थित कृषि उपज तथा थोक बजारभित्र सञ्चालनमा रहेका चार वटा आलुु, प्याजका पसलहरुमा अनुुगमन गरिएको हो । पोखराका बजारमा कुहिएको प्याज बिक्री वितरण भैरहेको भन्ने प्रधानमन्त्री कार्यलायमा रहेको हेलो प्रधानमन्त्रीमा गुुनासो परेपछि कृषि उपज तथा थोक बजार मण्डीमा रहेका आलु, प्याज गोदाममा अनुुगमन गरिएको हो ।

अनुुगमनका क्रममा ढकाल आलुु पसल फोहोर, मुल्यसुचि नभएको, नापतौलको दर्ता नभएको, ब्यवसाय नविकरण नभएको, खरिद तथा बिक्री बिल नभएको, सामान अव्यवस्थित रुपमा विक्री वितरण गरेको भेटिएको पोखरा महानगर सहकारी तथा उद्योग शाखामा प्रमुख अनिल कार्कीले जानकारी दिए ।

उनका अनुुसार पसल सञ्चालक देवराज ढकाललाई पसल सरसफाई गर्न र जिल्ला प्रशासन कार्यालय कास्कीमा एक हप्ताभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

त्यस्तै सन्दिप श्री ट्रेड्र्समा सामान खरिद र विक्री बिल नभएको र आफुले सामान खरिद गर्ने ब्यवसायीले समेत खरिद विल नदिएको गुनासो गरे । उनले आफुले किन्ने र विलको मुल्य फरक पर्ने गरेको भन्दै त्यसलाई समोजन गरिदिन आग्रह गरे । नम्रता विविध सप्लार्यसमा खरिद विक्री विल अध्यावधीक नगरेको भेटिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए ।

आर एण्ड जयसवाल सप्लार्यसमा मुल्यसुची नभएको, सरसफाई नभएको, नापतौल, किलाकाटाँ नविकरण नभएको, व्यवसाय नविकरण नभएको भेटिएको छ । सञ्चालक सरोजकुुमार जयसवाललाई एक हप्ताभित्र महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । आलु र प्याजको खुद्रा र होलसेल मुुल्यमा धेरै अन्तर रहेको बताउदै त्यसलाई उपभोक्ता र व्यवसायी दुुबैलाई मर्का नपर्ने गरी समायोजनका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुुभयो । अनुुगमनका क्रममा हेलो प्रधानमन्त्रीमा परेको उजुरी जस्तो कृहिएका आलुु, प्याज नभेटिएको पोखरा महानगर आर्थिक विकास महाशाखा मनोहर कडरियाएले बताए ।

अनुुगमनमा उपप्रमुख एवं अनुुगमन संयोजक मञ्जुुदेवी गुुरुङको संयोजकत्वमा पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मुुकुन्दराज पौडेल, सहकारी तथा उद्योग शाखाका प्रमुुख अनिल कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि दिपक कुुँवर, महानगर सहकारी शाखाका अधिकृत ऋषिराम सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि राजेन्द्र लिगलको सहितको टोलीले अनुुगमन गरेको हो ।

लेखेका कागजमा खानेकुरा पोको नपार्नु
पोखरा महानगरपालिकाले महानगरभित्र मसीले लेखिएको छापिएको वा रंङ्गाइएको कागजलाई प्रयोेग नगर्न अनुरोध गरेको छ । कुनैपनि खाद्य उत्पादक, व्यवसायी वा विक्रेताले खाद्य प्रदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको छापिएको वा रंङ्गाइएको कागजलाई प्रयोेग नगर्न अनुुरोध गरेको हो ।

नेपाल सरकार कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ को दफा९७० मा भएको अधिकार प्रयोग गरी खाद्य बस्तुुको गुणस्तर निर्धारण सम्वन्धमा २०८० जेठ २५ गते राजपत्रमा सुचना प्रकाशित गरी खाद्य प्रदार्थमा यस्ता प्रकारका काजगहरुको प्रयोग नगर्न सुचना प्रकाशित गरेको भन्दै महानगरले त्यसलाई कार्यान्वयनका लागि यस्ता प्रकारका कागजमा खाद्य बस्तु राखेर बिक्री वितरण गर्न प्रतिबन्ध गरेको हो ।

खाद्य ऐन २०२३ दफा ५ को उपदफा९२० बिपरित हुने भएकाले सोही अनुसार कारबाही गर्न सकिने व्यवस्था रहेको छ ।ऐनको उल्लघन गरेमा प्रमुख जिल्ला अधिकारीले दश हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने ब्यवस्था रहेको छ ।
यसैवीच सोही ऐन कार्यान्वयनका लागि पोखरा महागनरले अनुुगमन समेत गरेको छ ।

पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा रहेका जेरपुुरी तरकारी, पकौडा र मासु फ्राई गरेर बिक्री गर्ने चार पसलमा लेखेका कागजमा खाद्य सामाग्री राखेर नबेच्न पहिलो पटक सचेत गराइएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।