जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ३४ जना सहित आइतबार गण्डकीमा थप ३७ जनामा कोरोना पुष्टि

जन्मभुमि खबर
पोखरा । पोखराका ३४ सहित आइतबार गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ३७ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ३४ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ, म्याग्दी र स्याङ्जाका एकएक जनामा पनि कोरोना संक्रमण भएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका वडा नं.१ का ७४ वर्षीय पुरुष, वडा नं.२ की ५६ वर्षीया महिला, वडा नं.५ का ५०, २४ र ३६ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नं.६ का ४५ वर्षीय पुरुष, वडा नं.८ का २६, ३०, ३७, ७१ र ७७ वर्षीय पुरुष तथा १८, २६ र ३१ वर्षीया महिला, वडा नं.९ की ४९ वर्षीया महिला, वडा नं. ११ का ५४ र २९ वर्षीय पुरुष तथा ६४ र २० वर्षीया महिला, वडा नं.१२ का ३३ वर्षीय पुरुष, वडा नं.१६ का १३ र ५४ वर्षीया महिला, वडा नं.१७ की ४५ वर्षीया महिला, वडा नं.२५ का ४१ वर्षीय पुरुष, वडा नं.३० का ३८ वर्षीया महिला, वडा नं.३२ का ५०, ५४–५४ र ५५ वर्षीय पुरुष तथा २७, ४०, ५४–५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. १९ की २३ वर्षीया महिला, म्याग्दीको बेनी नगरपालिका वडा नं.८ का ४९ वर्षीय पुरुष एवं स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.१ का ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९३८ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट २० जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ४५८ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर २७५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २५३ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २०७ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २९ हजार ८०६ नमुना परिक्षण भएको छ ।