पोखराका ३२ जना सहित प्रदेशमा ४८ जनामा संक्रमण पुष्टि
जन्मभुमि खबर ,पोखरा । पोखराका ३२ सहित गण्डकी प्रदेशमा थप ४८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सोमबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका ४८ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ७ जना, तनहुँका ४ जना, म्याग्दीका ३ जना तथा पर्वत र लमजुङका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.२ की २८ वर्षीया महिला, वडा नं. ६ का ३६ वर्षीय पुरुष, वडा नं.७ का ३२ वर्षीय पुरुष, वडा नं.८ का २०, ४३, ५९ र ६२ वर्षीया महिला, वडा नं.१० का ३७, २२ र ३९ वर्षीय पुरुष तथा ३१ र ३९ वर्षीया महिला, वडा नं.१२ का ६३ वर्षीय पुरुष तथा ६६ वर्षीया महिला, वडा नं.१४ का २३ र ३० वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, वडा नं.१५ की ७२ वर्षीया महिला, वडा नं.१६ का ३५ वर्षीय पुरुष, वडा नं.१७ का ९ वर्षीय बालक सहित ५० वर्षीय पुरुष, वडा नं.१८ का ३२ वर्षीय पुरुष, वडा नं.१९ का २७ वर्षीय पुरुष, वडा नं.२१ का ३९ वर्षीय पुरुष, वडा नं.२६ का १९ वर्षीय पुरुष, वडा नं.२७ का २१, ४८ र ७० वर्षीय पुरुष, वडा नं.३० का ४३ र ५० वर्षीय पुरुष, वडा नं.३१ का ४० वर्षीय पुरुष र वडा नं.३२ की ३९ वर्षीया महिलामा कोरोना देखिएको छ ।
बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.३ का २१, ३५, ४३ र ५३ वर्षीय पुरुष, तमानखोला वडा नं. १ का ७९ वर्षीय पुरुष, जैमिनी वडा नं.७ का ३० वर्षीय पुरुष, गल्कोट वडा नं.९ का ४१ वर्षीय पुरुष, तनहुँ व्यास वडा नं.१ की ३४ वर्षीया महिला, भानु वडा नं.१ का २५ वर्षीय पुरुष, वडा नं.११ का २८ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं.६ की ३४ वर्षीया महिला, म्याग्दी बेनी वडा नं.१ का ४९ वर्षीय पुरुष, वडा नं.७ की २८ वर्षीया महिला, वडा नं.९ का २९ वर्षीय पुरुष, पर्वत जलजला वडा नं.३ की ३९ वर्षीया महिला एवं लमजुङ बेशीसहर वडा नं.१ का ५१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५६५ पुगेको छ ।