पोखराका २५ जना सहित गण्डकीमा थप ३४ जनामा कोरोना पुष्टि
जन्मभुमि खबर
पोखरा । पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४८ र ५६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
४ नम्बर वडामा २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ५५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८ र ३५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मा ३६ वर्षीय १ जना पुरुष तथा ८ मा ३६ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ र ३२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १३ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४२ र ७१ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
१४ नम्बर वडामा ४४ वर्षीय १ जना पुरुष, १४ मा ३० वर्षीय १ जना महिला तथा २७ मा ३० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा २९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ७३ वर्षीय २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ३० मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४३ र ५२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ मा ४० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला बाग्लुङमा ३ जना, स्याङ्जामा २ जना, पर्वतमा ३ जना तथा म्याग्दीमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ७ सय ३० पुगेको छ ।