पोखराका २५ जना सहित आइतबार गण्डकीमा थप २९ जनामा कोरोना पुष्टि,३१ जना संक्रमणमुक्त
जन्मभुमि खबर
पोखरा । पोखराका २५ सहित आइतबार गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ वटा जिल्लाका २९ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २५ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, म्याग्दी, नवलपरासी पूर्व, लमजुङ र पर्वतका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ३५ वर्षीय पुरुष तथा २८ र ५३ वर्षीया महिला, वडा नं.४ की ३९ वर्षीया महिला, वडा नं.५ की २८ वर्षीया महिला, वडा नं.८ की ६० वर्षीया महिला, वडा नं.१० का ५० वर्षीय पुरुष तथा ४५ र ६० वर्षीया महिला, वडा नं. १४ का ७ वर्षीय बालक तथा १७, १८ र ३० वर्षीया महिला, वडा नं.१५ की ३१ वर्षीया महिला, वडा नं. १७ का ३४ र ३७ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं.३० का २८, ३७ र ५५ वर्षीय पुरुष, वडा नं.३२ का १५ वर्षीय पुरुष तथा १८ र ३६ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।
म्याग्दीको बेनी नगरपालिका वडा नं. ७ की ४० वर्षीया महिला, नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका वडा नं. ४ का ४७ वर्षीय पुरुष, लमजुङको बेशीसहर वडा नं. ८ का २० वर्षीय पुरुष एवं पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ का २४ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ४१ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ३१ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ६०६ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर २३० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २०३ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ३०१ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३० हजार ६४९ नमुना परिक्षण भएको छ ।