पोखराका २५१ जना सहित गण्डकीका ९४१ जनामा संक्रमण पुष्टि,पोखराका ६ जना सहित गण्डकीमा १६ जना उपचाररत संक्रमीत को मृत्यु
जन्मभुमि खबर,
पोखरा ।
कास्कीमा आज थप २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्की सहित गण्डकी प्रदेशका सबै जिल्लामा गरि आज ९ सय ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
त्यस्तै कास्कीमा आज थप ८ जनाको संक्रमणका कारण ज्यान गएको छ । कास्की सहित आज प्रदेशमा कुल १६ जनाको ज्यान गएको हो ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा गरी पछिल्लो चौविस घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये कास्की जिल्लाका सबैभन्दा धेरै रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका– ९ की ६४ बर्षीय महिला, र पोखरा– १२ का ४५ बर्षीय पुरुषको हिजो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तैगरी पोखरा महानगरपालिका– १ का ५२ बर्षीय पुरुष, पोखरा ३२ की ४८ बर्षीय महिला, पोखरा १ कै ४९ बर्षीय महिला, पोखरा महानगरपालिका १४ की ८६ बर्षीय महिला र पोखरा महानगरपालिका ८ की ८५ बर्षीय महिलाको पनि आज उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यी मध्ये पुरुषको गण्डकी मेडिकल कलेज र ३ महिलाको ग्यालेक्सी अस्पतालमा मृत्यु भएको हो ।
त्यसैगरी तनहुँ व्यास नगरपालिका – १ की ३५ बर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, तनहुँकै शुक्लागण्डकी नगरपालिका– ६ का ६२ बर्षीय पुरुषको फिष्टेल अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो । तनहुँकै शुक्लागण्डकी नगरपालिका ७ का ५५ बर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा आज मृत्यु भएको छ ।
निर्देशनालयले जनाएअनुसार म्याग्दीको बेनी नगरपालिका ९ की ३९ बर्षीय महिलाको बैसाख २७ गते राती मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
म्याग्दीकै रघुगंगा गाउँपालिका – २ की ३६ बर्षीय महिलाको उपचारको क्रममा आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । सोही जिल्लाको मंगला गाउँपालिका – ४ का ७६ बर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यसैगरी दाङको लमही नगरपालिका ५ का ९० बर्षीय पुरुषको आज चरक मेमोरियल अस्पताल, पोखरामा मृत्यु भएको छ भने गोरखाको पालुङटार नगरपालिका– ९ का ३३ बर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
उता बाग्लुङको ढोरपाटन नगरपालिका–४ की ६६ बर्षीय महिलाको आज बिहान धौलागिरी अस्पताल, बागलुङमा उपचारको क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
यो सहित अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ ।