पोखराका २३ जना सहित गण्डकी प्रदेशमा ३२ जनामा संक्रमण पुष्टि
जन्मभुमि खबर
पोखरा
पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा, क्षयरोग उपचार केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ वर्षीय १ जना महिलासहित २७ र ५४ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
३ नम्बर वडामा ३६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८ र ६४ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३४ वर्षीय १ जना पुरुष तथा ४९ वर्षीय १ जना महिला रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ११ मा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४ जना महिला तथा ४ जना पुरुष रहेका छन् । सो वडामा २९, ३३, ५२ र ५० वर्षीय ४ जना महिला तथा २८, ५०, ५६ र ६४ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१३ नम्बर वडामा ५७ वर्षीय १ जना पुरुष, १४ मा ३० वर्षीय १ जना महिला, १५ मा ५२ वर्षीय १ जना पुरुष तथा १६ मा ३९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा १७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५५ तथा ६० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १७ मा ३१ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु तनहुँमा १ जना, बाग्लुङमा ५ जना, पर्वतमा २ जना तथा म्याग्दीमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ६ सय ३९ पुगेको छ ।