पोखराका २३ जना सहित गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि, ३१ जना संक्रमणमुक्त
जन्मभुमि खबर,पोखरा । सोमबार पोखराका २३ सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका २ वटा जिल्लाका २५ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २३ जना रहेका छन् भने तनहुँका २ जना रहेका छन् । कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.३ का ३१ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.५ का ३८ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, वडा नं. ८ का १३ वर्षीया बालिका सहित ४५ र ३१ वर्षीया महिला तथा ३३, ३७ र ७५ वर्षीय पुरुष, वडा नं.९ का ३५ वर्षीय पुरुष तथा ४२ र ६० वर्षीया महिला, वडा नं.१० की ७० वर्षीया महिला, वडा नं.११ का १८ वर्षीय पुरुष, वडा नं.१२ का ६० वर्षीय पुरुष, वडा नं.१५ का ८२ वर्षीय पुरुष, वडा नं.१६ की ४६ वर्षीया महिला, वडा नं.२३ का २३ वर्षीय पुरुष, वडा नं.२९ का ५८ वर्षीय पुरुष तथा ५६ वर्षीया महिला र वडा नं. ३२ का ५५ वर्षीय पुरुष तथा २७ वर्षीया महिला एवं तनहुँ रिसिङ पालिका वडा नं.२ का ५८ वर्षीय पुरुष तथा ५६ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६९६ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार १५४ पुगेको छ ।
हाल प्रदेशभर ३३९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३१३ जना रहेका छन् ।
हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २०३ जनाको भने मृत्यु भइसकेको छ ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १०३ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २८ हजार १८ नमुना परिक्षण भएको छ ।