जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका २१ जना सहित कास्कीमा थप २३ जनालाई कोरोना संक्रमण पुष्टि

 

जन्मभुमि खबर
पोखरा ।

पोखरामा २१ सहित कास्कीमा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

माछापुच्छ्रे गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित गाउँपालिका अन्तरगत वडा नम्बर ४ की ५३ वर्षीय महिला हुन् ।

त्यस्तै कास्की कै रुपा गाउँपालिकामा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो गाउँपालिका अन्तरगत वडा नम्बर ५ की २५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४२ वर्षीय १ जना महिला तथा ३३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

५ नम्बर वडामा २८ वर्षीय १ जना पुरुष तथा ६ मा २७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ८ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २८, ३०, ४६ र ६२ वर्षीय ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ९ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४९ र ६२ वर्षीय २ जना पुरुषसहित ५८ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १३ मा ३० वर्षीय १ जना महिला तथा १५ मा ४६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२५ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २६ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३९ र ४२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर २७ मा ४९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३७ वर्षीय १ जना महिला तथा ३७ वर्षीय नै १ जना पुरुष र ४६ वर्षका १ जना व्यक्तिलाई संक्रमण पुष्टि भएको हो ।

म्याग्दीमा आज एकैपटक १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सो जिल्ला अन्तरगत अन्नपूर्णू गाउँपालिका वडा नम्बर ४ का १ जना महिला तथा ११ जना पुरुष हुन् ।

त्यस्तै पर्वतमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्ला अन्तरगत मोदी गाउँपालिका १ का ४४ वर्षीय पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ५ सय ९७ पुगेको छ ।