पोखराका १९ जना सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि
जन्मभुमि खबर
पोखरा । पोखराका १९ सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बिहीबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका २१ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १९ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, पर्वत र स्याङ्जाका एकएक जनामा पनि कोरोना देखिएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ६ का ३३ वर्षीय पुरुष, वडा नं. ७ का ४४ र ६७ वर्षीय पुरुष तथा ३२ र ४१ वर्षीया महिला, वडा नं. ८ का १० र ७६ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं. १० का २१ वर्षीय पुरुष, वडा नं. ११ का ७१ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं. १३ की ८० वर्षीया महिला, वडा नं. १४ का ३५ वर्षीय पुरुष, वडा नं.१६ का ५० वर्षीय पुरुष तथा २५ वर्षीया महिला, वडा नं. १७ का ४२ वर्षीय पुरुष, वडा नं.२५ की ३८ वर्षीया महिला, वडा नं.२९ की ५५ वर्षीया महिला र वडा नं.३१ का ३४ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १० का ५६ वर्षीय पुरुष एवं स्याङ्जाको पुतलीबजार वडा नं.४ का ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७७७ पुगेको छ ।