जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका १५ जना सहित गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि

जन्मभुमि खबर
पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउँसो प्रदेशका कास्की र बाग्लुङ जिल्लाका १६ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १५ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिकाका वडा नं. ४ का ६३ वर्षीय पुरुष, वडा नं. ५ का २७ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं. ७ का ३५ वर्षीय पुरुष, वडा नं. ८ का २७ र ७९ वर्षीय पुरुष तथा १४ वर्षीया बालिका, वडा नं.१२ का ३९ र ४३–४३ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला वडा नं. १४ का २३ वर्षीय पुरुष, वडा नं.३० का ३९ वर्षीय पुरुष, वडा नं.३१ का २५ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ३ का ५५ वर्षीय पुरुषमा पनि कोरोना देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९०१ पुगेको छ ।