पोखराका १५ जना सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि
जन्मभुमि खबर ।
पोखरा । पोखराका १५ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सोमबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका १७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १५ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, तनहुँ र बाग्लुङका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ५१ वर्षीय पुरुष, वडा नं. ३ का ४० वर्षीय पुरुष, वडा नं. ४ का ७६ वर्षीय पुरुष, वडा नं. ७ का ६० वर्षीय पुरुष, वडा नं.८ की ३० वर्षीया महिला, वडा नं.११ का ५३ वर्षीय पुरुष, वडा नं.१४ का ९ वर्षीय बालक, वडा नं.१५ का ४५ र ५० वर्षीय पुरुष, वडा नं.१७ का २४ वर्षीय पुरुष तथा ३२ र ६७ वर्षीया महिला, वडा नं.१९ का ३८ र ८९ वर्षीय पुरुष र वडा नं. २९ की ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
तनहुँको व्यास नगरपालिका वडा नं.१ का ४५ वर्षीय पुरुष एवं बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.२ का ६५ वर्षीय पुरुषमा पनि कोरोना देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९५५ पुगेको छ ।