पोखराका १२ जना सहित गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि
जन्मभुमि खबर
पोखरा । पोखराका १२ सहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ जिल्लाका १४ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, लमजुङ र पर्वतका एकएक जनामा पनि कोरोना पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नं. २ का ३९ वर्षीय पुरुष, वडा नं. ३ का ७५ वर्षीय पुरुष, वडा नं. ४ का ३५ र ५८ वर्षीय पुरुष, वडा नं. ६ का ४२ वर्षीय पुरुष, वडा नं.१० का ४८ वर्षीय पुरुष, वडा नं.११ की २१ वर्षीया महिला, वडा नं. १४ का ४१ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, वडा नं.१६ की ९० वर्षीया महिला र वडा नं. १७ का २९ र ४४ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ४ का ४२ वर्षीय पुरुष र पर्वतको पैंयू गाउँपालिका वडा नं.६ की ४३ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार १२ पुगेको छ ।