पोखराका ११ जना सहित गण्डकीका १२ जनामा कोरोना संक्रमण पुष्टि
जन्मभुमि खबर , पोखरा । पोखरामा ११ सहित गण्डकी प्रदेशमा शनिबार दिउँसो थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ की १ महिला, ३ का १ पुरुष, ५ का १ पुरुष, ९ का ३ पुरुष, १० का १ पुरुष, १७ का १ पुरुष, २७ का १ पुरुष ताथ १ महिला, २९ का १ पुरुष रहेका छन् ।
त्यस्तै पर्वत जिल्ला फलेवासका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६ सय ५१ जना पुगेको छ ।