जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

जन्मभुमि खबर
पोखरा । पोखरामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० वर्षीय १ जना पुरुष तथा ३५ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

८ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वाडमा ३८ र ४० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १२ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २० र ७० वर्षीय २ जना महिला तथा ६४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १४ मा २९ वर्षीय १ जना महिला, १९ मा ४६ वर्षीय १ जना पुरुष, २० मा ३१ वर्षीय १ जना पुरुष तथा ३० मा २० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला तनहुँमा १ जना, म्याग्दीमा १ जना तथा स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ८ सय ४८ पुगेको छ ।