जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका खोप केन्द्रमा अनियमितता भयो भन्दै राष्ट्रिय संजाल नेपालको ध्यानाकर्षण

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा खोप केन्द्रमा अनियमितता भयो भन्दै राष्ट्रिय संजाल नेपालले ध्यानाकर्षण गराएको छ । पोखरा ६ स्थित तालबराही माध्यमिक विद्यालयमा संचालन गरिएको खोप कार्यक्रममा अनियमितता भएको भन्दै राष्ट्रिय संजाल पोखरा ६ ले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको हो । संजालको ध्यानाकर्षण पत्रमा लक्षित वर्ग बाहेकलाई पनि खोप लगाइएको, ८० डोज ८० डोज खोपको दुरुपयोग गरिएको र ६०० डोज खोपको दर्ता किताबमा पुरा विवरण नपाईएको लगायतका तथ्यहरु उल्लेख गरिएका छन् ।

खोपको दुरुपयोगका कारण राज्यले सबै नेपालीलाई खोप सहज रुपमा उपलब्ध गराउन नसक्ने टिप्पणी संजालको छ । यस्ता कमजोरीहरुलाई तत्काल रोक्न प्रशासन समक्षा राष्ट्रिय संजाल नेपालले आग्रह गरेको छ ।

सुचनाको हकका लागि राष्ट्रिय संजालको तर्फबाट अनिल थापा, सुरेश पहारी, कृष्ण बराल र शिब जिसीले अनुसन्धानको माग गरेका छन् । र, उनिहरुको मागलाई प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आवश्यक छानविन गर्ने आश्वासन दिएका छन् ।

खोप अनियमितता भएका गुनासाहरु पोखराका अन्य खोप केन्द्रहरुबाट पनि आइरहेका छन् ।