जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्वत-बागलुङ सडकखण्ड करिब २४ घण्टापछि खुल्यो

सोमबार साँझदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड सुचारु भएको छ ।

उहाँका अनुसार केहि बेर अघिदेखि सडक पुर्ण रुपमा सुचारु भएको छ । सडक सुचारु भएपछि सोमवार साँझदेखिनै अलपत्र बनेका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् । उक्त स्थानमा विगत देखिनै सामान्य वर्षा हुने वित्तिकै पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका स्थानबाट थप उपचारका लागि पोखरा लैजानुनपर्ने विरामीहरु प्रभावित बनेका थिए ।

सडकमा पहिरो आएपछि विद्युत पोल समेत भाँच्चिदा सोमबार राति देखि अबरुद्ध बनेको धौलागिरिका बागलुङ, म्याग्दी र पर्वतमा वितरण गरिएको विद्युत लाइन समेत ठूलो प्रयास पछि मंगलबार विहान ११ बजे मात्रै सुचारु भएको थियो ।