जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्वतबाट काँडेतर्फ आइरहेको जिप र मोटरसाईकल नयाँपुलमा ठोक्किदाँ एक जनाको मृत्यु

जन्मभुमि खबर
पोखरा
कास्कीको नयाँपुलमा जिप र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

पर्वतबाट काँडेतर्फ आइरहेको ग १ ज ६९५० नम्बरको जिप र विपरित दिशातर्फ जाँदै गरेको ध २ प १११९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदाँ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार कास्की अन्नपूर्ण गाँउपालिका –६ हाईजुङका १७ वर्षीय विश्व नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

विश्व दुर्घटना घाईते भएका थिए । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकल चालक जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की अन्नपुर्ण गाँउपालिका ५ नयाँपुलमा डेरा गरी बस्ने वर्ष १८ वर्षका महमद समिनको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भिर रहेको जनाइएको छ।