जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पत्रकार महासंंघको चुनाव चैत २५ गते

जन्मभुमि खबर
काठमाण्डौ, ४ चैत– नेपाल पत्रकार महासंघको चुनाव २५ गते हुने भएको छ ।
बिहीबार महासंघको केन्द्रीय समितिको बैठकले आगामी २५ गते चुनाव गर्नेगरी निर्णय तोकिएको महासंघका अध्यक्ष गोविन्द आचार्य जानकारी दिए ।
उनले भने, ‘यही ७ गते चुनावी तालिका सार्वजनिक गरी २५ गते भोट दिनुपर्ने मिति तोकिएको छ।’ उनले तीव्र रुपमा चुनावी तयारी पनि महासंघले थालेको जानकारी दिए ।
उनका अनुसार महासंघको संशोधित विधानअनुसार जिल्ला, प्रदेश र केन्द्रको मतदान एकै दिन हुनेगरी निर्वाचन मिति तय गरिएको छ ।