जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घन्टामा थपिए २२३९ जना संक्रमित, १३१६ जना संक्रमणमुक्त

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ३ सय १३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६६५७ जनाको पिसिआर परीक्षणबाट १४७९ जनामा संक्रमण पुष्टि भएको छ भने ४६५६ जनाको एन्टिजेन परीक्षणबाट ७६० जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३१६ जना संक्रमणमुक्त भएका छन्।

यस्तै २० जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।