पछिल्लो २४ घण्टामा ८१ संक्रमित थपिए, ५ जनाको मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय १८ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार २३ जनाको पिसिआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७ हजार ६ सय ४९ पुगेको छ।
गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५२ पुगेको छ। हाल ८७ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६४ जना आइसियु र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।