पछिल्लो २४ घण्टामा ८० कोरोना संक्रमित थपिए,मृत्यु शुन्य
जन्मभुमि खबर
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ४९४ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार २२५ जनाको पिसिआर परीक्षण गर्दा ८०जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३९ हजार ९६३ पुगेको छ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। आइतबार दिउसोसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार ६१ जना पुगेको छ। हाल ६८ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा १२१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर ५२ जना कोरोना संक्रमित आइसियु र १० भेन्टिलेटरमा छन्।