जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ५७ संक्रमित थपिए, १३३ जना डिस्चार्ज

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ५७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ३१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १ हजार ९ सय जनाको पिसिआर परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १३ हजार ५ सय ४९ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ८१ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ७३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५६ जना आइसियु र १७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।