जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ४ थप १ हजार ७२८ मा कोरोना पुष्टि,हजार ३४८ जना संक्रमणमुक्त

२४ घण्टामा देशभर १ हजार ७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार ७२८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ४८९ एन्टिजेन परीक्षणमा ९०८ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टामा ४ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ।योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३६ हजार ९१६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ।