जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमणमुक्त ,३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा चार हजार ९ सय १४ जनाले कोरोना संक्रमण जितेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार १६ संक्रमित थपिएका छन्। ९ हजार ८१० जनामा परीक्षण गर्दा ११ सय ७४ पीसीआर र ८४२ एन्टिजेन विधिबाट संक्रमित भेटिएका हुन्।

योसँगै नेपालमा संक्रमितको संख्या पीसीआर विधिबाट ६ लाख ३२ हजार ३२६ र एन्टिजेन विधिबाट ३१ हजार ५३१ पुगेको छ।

त्यसैगरी २४ घण्टामा कोरोनाले ३० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ९७५ पुगेको छ।