जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा २४२१ जना संक्रमित थपिए, ८१ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५२ जना र अघिल्ला दिनमा मृत्यु भएका २९ जनासहित थप ८१ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिएको ७ हजार ४ सय ६१ र एन्टिजेन विधिबाट गरिएको ४ हजार ९ सय ५३ परीक्षणमा २ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ९८ जना संक्रमणमुक्त भएका छन् भने २१३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।