जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा १९२० जना संक्रमित थपिए, ३००७ जना संक्रमणमुक्त

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८३६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १३ सय ५३ जना र ३ हजार ३८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३४ हजार २४६ पुगेको छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९००९ पुगेको छ ।