पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिए, ७० जना डिस्चार्ज
काठमाडौं, चैत्त १३ गते । नेपालमा कोरोनाभाइरसका १५६ जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा चार हजार ४१६ जनाको परीक्षण गरिएकोमा १५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ७० जना सङ्क्रमित निको भएका छन् ।
हालसम्म दुई लाख ७२ हजार ३४२ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमण निको हुने दर ९८.४ प्रतिशत छ ।
मन्त्रालयका अनुसार हाल एक हजार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५२ जना हाल क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्युको पुष्टि भएको छैन् । हालसम्म तीन हजार २४ जना सङ्क्रमितले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।