जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा थप १७५६ जनामा कोरोना संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा २२७४ जना कोरोनामुक्त

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २२४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ७७३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३५७ जना र ४ हजार ५६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६७ हजार २७१ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २७४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३३४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४४ लाख २८ हजार ०१० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ