जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो चौबीस घण्टामा ११२ सङ्क्रमित थपिए, ५४ कोरोनामुक्त

जन्मभुमि खबर
काठमाडौं, फाल्गुन १४ गते । नेपालमा कोरोनाभाइरसका ११२ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ९४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका ११२ सङ्क्रमितसहित नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ५४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७० हजार २७७ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल ९३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म दुई हजार ७७१ जना सङ्क्रमितको मृत्यु भएको हो ।
हाल ९३६ जना आइसोलेशनमा छन् । ७१ जना क्वारेन्टिनमा छन् ।