जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो चौबीस घण्टामा १०५ जना सङ्क्रमित थपिए, ९९ जना कोरोनामुक्त

काठमाडौं, फाल्गुन ४ गते । नेपालमा कोरोनाभाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०५ जना सङ्क्रमित थपिएकोमा ९९ जना कोरोनामुक्त भएको जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै नेपालमा
कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ३०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ५८७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हाल ७४ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमित दुई हजार ५५ जनाको मृत्यु भएको छ ।