जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस

काठमाडौं, १५ फागुन । नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएको छ। संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसीले नेपाललाई स्तरोन्नतिको सिफारिस गरेको हो।

अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि कमिटीले अवधि ३ वर्षको दिने निर्णय गरिएको भए पनि कोभिड–१९ का कारण स्थगित भएको थियो । कमिटिलाई नेपालले थप समय आवश्यक पर्ने अनुरोध गरेपछि कमिटीले ५ वर्षको तयारी समय दिने निर्णय गरेको हो।

यसअनुसार नेपालको स्तरोन्नति सन् २०२६ बाट लागू हुनेछ। कमिटीले प्रतिव्यक्ति आय, मानव पुँजी सूचक र आर्थिक तथा वातावरणीय जोखिम सूचकको मूल्यांकन गरेको छ ।

नेपालले सन् २०१५ मा नै स्तरोन्नतिको लागि आवश्यक न्यूनतम शर्त पुरा गरेको थियो। तर सरकारले तत्काल स्तरोन्नति नहुने निर्णय गरेको थियो।

नेपालसँगै कमिटीले बंगलादेश र लाओसलाई पनि स्तरोन्नतिको सिफारिस गरेको छ। रासस