जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल टी-ट्वेन्टी आई सिरिजको फाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

त्रिकोणात्मक टी–२० आई सिरिजको समूह चरण अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको शानदार जित निकालेको छ।

१२१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा चार विकेट विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६रनको योगदान दिए।

यस्तै गुलशन झाले ३८ रनको योगदान दिँदा कुशल भुर्तेलले १२ तथा आशिफ शेखले ८ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले नटआउट ४ तथा कुशल मल्लले नटआउट २ रन बनाए ।

टस जित्दै पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १२० रन बनाएको थियो। नेपालका प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले दुई/दुई तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए ।

यता नेदरल्यान्ड्सका भिभिएन किङ्माले तीन तथा आर्यन दत्तले एक विकेट लिए । पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडाउटले सर्वाधिक ३१, टिम भानडर गुटेनले २४, रोलेम भान डर मर्वेले २३ र कप्तान स्कट एडवर्डले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।