जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नागरिक उन्मुक्ति पार्टीको लफडा: गण्डकी र बागमतीका अध्यक्ष पार्टीबाट निष्कासित

जन्मभुमि खबर ,
पोखरा ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबार पार्टी कार्यालयमा कुटपिटमा उत्रिएका दुई जना प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्।

एक विज्ञप्ति जारी गर्दै गण्डकीमा पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाहीस्वरुप पार्टीबाट निष्कासित गरेकी हुन्। उनीहरु दुवैलाई पदमुक्त गर्दै पार्टीको साधारण सदस्यबाटसमेत निष्कासित गरिएको हो।

सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै पार्टी विधानअनुसार पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार अबेर जारी पत्रमा उल्लेख छ।

अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ । रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन् ।

यही विषयमा छलफल भइरहेका बेला सोमबार काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको हो ।त्यसलगत्तै रन्जिताले दुई अध्यक्षलाई कारबाही गरिन् ।