नयाँ पुल-घान्द्रुक सडक खण्डमा पहिरो खस्दा, सडक अवरुद्ध
जन्मभुमि खबर,
पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० किलुमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
नयाँ पुल घान्द्रुक सडक खण्ड अन्तर्गतको उक्त स्थानमा सोमबार माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउसो १:३० बजे पहिरो खसेपछि घान्द्रुक प्रहरी सहायक निरीक्षक सक्षम लामिछानेको नेतृत्वमा प्रहरी टोली पुगेको र अहिले सडक खुलाउने प्रयास भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
पहिरोका कारण अन्य क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।