जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नगद ५९ हजार ७ सय ५० रुपैयाँ सहित पोखराबाट पक्राउ परे १८ जुवाडे

पोखरा,
जन्मभुमि खबर

तास खेलिरहेको अवस्थामा १८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने कृष्ण लाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा पोखरा–१४ चाउथे बस्ने ४९ वर्षीय क्षेत्र बहादुर जिम्बा लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ७ सय ५० रुपैयाँ र ताससहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका –९ टेघरा बस्ने प्रज्वल शाहको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका –२ रामपुर बस्ने २३ वर्षीय रोहन खाती लगायत ७ जनालाई बिहीवार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २० हजार रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।