नक्कली सेनानी बनेर पोखरा अन्तर्राष्ट्रिय एअरपोर्ट छिरेका मुस्ताङका युवक प्रकाउ
जन्मभुमि खबर
पोखरा ।
नेपाली सेनाको सेनानी भन्दै पोखरा अन्तर्राष्ट्रिय एअरपोर्ट छिरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एअरपोर्ट प्रवेश गरी शंकास्पद हर्कत गरेका मुस्ताङ थासाङ गाँउपालिका वडा नं ४ बस्ने बर्ष १८ को बिपिन लगुन बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाली सेनाको टोलीले चेकजाँच गर्दा नेपाली सेनामा कार्यरत नभएको पाएपछि सेनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रतिवेदन पठाएको थियो ।
नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोषाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचय पत्र १ थान र FLYROSE लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट थान १ सहित हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।