जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दोस्रो चरणको कोभिड-१९ खोप अभियान फागुन २ गतेदेखि

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्दको खोप अभियान  फागुन २ गतेदेखि गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)ले दोस्रो चरण खोप अभियानमा खोप लगाउने प्राथमिकताको सूची छिटै मन्त्रालयको वेवसाइटमा राखिने जानकारी दिए ।

अभियान माघ १४ गतेदेखि सुभारम्भ गरेको थियो। पहिलो चरणमा कोभिड १९ को उपचार नियन्त्रणमा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, कारागारका कर्मचारी, कैदीलगायतलाई खोप लगाइएको थियो ।
सरकारले पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य राखेको भएपनि १ लाख ८७ हजारले मात्र खोप लगाएपछि  बाँकि खोप पत्रकार, राजदूतावासका कर्मचारी र युनएन एजेन्सीमा कार्यरत स्वदेशी तथा विदेशी र तिनका परिवारलाई लगाउने निर्णय गरेको थियो।

नेपालमा भारतले अनुदान स्वरुप उपलब्ध गराएको अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनीसेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइएको छ। भारतले नेपालमा अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको थियो।