जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दोस्रो खेलमा आयरल्यान्ड एसँग नेपाल ए ४० रनले पराजित

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल ए आयरल्यान्ड एसँग ४० रनले पराजित भएको छ। टियु क्रिकेट मैदानमा टी-२० शृंखलाको दोस्रो खेलमा नेपाल ए पुनः पराजित भएको हो। २२५ रनको विजय लक्ष्य पछ्याएको नेपाल ए १७.५ ओभरमा अलआउट हुँदै १८४ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए । त्यस्तै लोकेश बमले २५ र कप्तान विदोन भण्डारीले २६ रन बनाए। त्यस्तै बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो ।

आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए। ३४ बलमा उनले ७ छक्का र १ चौकासहित ७१ रनमा अविजित रहे। त्यस्तै पिटर मुरले सर्वाधिक ६५ रन बनाए भने जेम्स मोकुलमले २६, रोस अदैरले १७, गेरेथ डीलेनीले १० र फिओन ह्यान्डले १९ रन बनाए ।

नेपाल शुक्रबार भएको पहिलो खेलमा २२ रनले पराजित भएको थियो ।