जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर १ सय ४५ जनामा कोरोना संक्रमण,थप १ जनाको मृत्यु

जन्मभुमि खबर
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन्। जसमध्ये  ४० जना अाइसियुमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन्।

गत २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ४८ हजार  ९ सय ९३ पुगेको छ।

एक संक्रमितकाे मत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ। हाल ५२ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ९० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको मन्त्रालयले जनाएको छ।