जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुई हजार २५१ परीक्षणमा ११९ जना सङ्क्रमित थपिए, २६० सङ्क्रमित निको

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ९ सय २५ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप २ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २ लाख ६८ हजार ७२ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै, आज नेपालमा थप ३ जना संक्रमितको ज्यान गएको छ । योसँगै मृतकको संख्या २ हजार ३८ पुगेको छ । १ हजार ८ सय १५ जना आइसोलेसनमा रहेका छन् ।