जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुईहजार ७८१ परीक्षणमा ९४ जना सङ्क्रमित थपिए , ५५ जना निको भए

जन्मभुमि खबर
काठमाडौं, चैत ४ गते ।

नेपालमा कोरोना भाइरसका ९४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।

याेसंगै  नेपालमा ९४ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ ।

यस्तै, नेपालमा ५५ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ । मन्त्रालयले हाल ९५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।