जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दिपक अर्यालको मर्मस्पर्सी लोक गित ‘आउन आमा आउ’ सार्वजनिक (भिडियो सहित)

जन्मभुमि खबर ,
पोखरा ।

दिपक अर्यालको मर्मस्पर्सी नेपाली लोक दोहोरी गीत ‘आउन आमा आउ’ सार्वजनिक भएको छ ।

पछिल्लो समय भ्वाइस अफ नेपाल किड्स हुँदै लाइभ दोहोरी मार्फत चर्चा कमाएका सुप्रिम मल्ल ठकुरीको स्वर, दिपक अर्यालको शब्द, तारानाथ आचार्यको संगित संयोजनमा रहेको गीतको अर्यालले आफ्नै युट्युव च्यानल ‘दिपक अर्याल अफिसियल’ मार्फत सार्वजनिक गरेका हुन् ।

निसान बानियाको कथा निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सारिका केसी, आशिर प्रताप जंग, सुप्रिम मल्ल ठकुरी, रिना गुरुङ, अर्जुन नेपाली लगायतकोे जीवन्त अभिनय देख्न सकिन्छ ।

वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका अर्यालले नेपाली समाजसँग मेलखाने घट्नाक्रमलाई नै मेल खाने गीत तयार भएको भन्दै दर्शक श्रोताको मन जित्नेमा आफु आशावादी भएको बताए । उनले भने, ‘गीतमार्फत आमा गुमाएको एक बालकले आमाको अभावमा समाजमा भोग्नुपरेका विभिन्न विषयवस्तुलाई प्रस्तुत गर्ने प्रयास भएको छ । पक्कैपनि यसअघिका मेरा सिर्जना जसरीनै सबैको माया पाउने छु भन्ने विश्वास छ ।’

अर्यालका यसअघि ‘एउटा वाचा गर्छु’, ‘तिम्रै तस्विर प्यारो लाग्छ सानु’, ‘आत्महत्या गर्छु भन्दानी’ लगायतका लोक गीतहरु सार्वजनिक भइसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्