थप १२० जनामा कोरोना संक्रमण, ८३ डिस्चार्ज
जन्मभुमि खबर
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ६ हजार १४३ स्वाब नमूना परीक्षण गराउँदा १२० जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ५१ महिला र ६९ पुरुष छन्। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।
यस्तै शुक्रबार थप ८३ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख हजार ७० हजार ७६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।
देशभर सक्रिय संक्रमितको संख्या भने ८३२ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।
यस्तै अहिले ५८ जना क्वारेन्टिन र ८३२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।