जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

त्रिभुवन विमानस्थल चैत १५ गतेदेखि १८ घण्टा मात्र खुल्ने

जन्मभुमि खबर
काठमाडौं, १२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १५ गतेदेखि
१८ घण्टा मात्र खुल्ने भएको छ विमानस्थल हाल २१ घण्टा सञ्चालन हुँदै आएको छ । बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल अब बिहान ६ बजेदेखि राति १२ बजेसम्म मात्रै सञ्चालन हुने जनाइएको छ ।

विमानस्थल सञ्चालनको समय घटाउनुको कारण विमान र यात्रुको संख्या कम हुनुकोसाथै कोरोना महामारीले गर्दा आम्दानीमा कमी आएको र सञ्चालन खर्च धेरै रहेको बताइएको छ ।

अहिले नेपाल एअरलाइन्स, कतार एअरवेज, जजिरा एअर र एअर अरेबिया गरी चार वटा एअरलाइन्सले मात्रै १२ बजेपछि उडान गर्दै आएका छन् भने कतार र एअर अरेबियाले दैनिक रूपमा तथा नेपाल एअरलाइन्स तथा जजिरा एअरले हप्तामा तीन दिन राति १२ बजेपछि उडान गर्दै आएका छन् ।

यस्तै नेपाल एअरलाइन्सले हप्तामा तीन दिन राति १ बजेपछि जापानको नारिता उडान गर्दै आएको छ, भने कतार र एअर अरेबियाको उडान राति सवा २ बजे हुँदै आएको छ ।