जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तीनहजार १८१ परीक्षणमा ७७ सङ्क्रमित, १०६ डिस्चार्ज

जन्मभुमि खबर
काठमाडौं, चैत्त ८ गते । नेपालमा कोरोना भाइरसका ७७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा १०६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ९११ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल ९६९ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले हाल ४८ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

हालसम्म तीन हजार १६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।