जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा बाढी पहिरोको बितन्डा पाँच घर पुरियो,२ जनाको मृत्यु ३ जना घाइते,छाब्दी खोलाको पुल बगायो

बन्दीपुर ३ तामुङमा पहिरोले पाँच घर पुरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदीका अनुसार पहिरोमा पुरिएर दुई बेपत्ता छन् ।

घर माथिबाट खसेको पहिरोले घर पुरेको र दुई बेपत्ता भएकाले खोजी थालिएको स्थानीय जनप्रतिनिधिले बताए ।

मृत्यु हुनेमा ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् । राति खसेको पहिरोमा बेपत्ता उनीहरुको शव निकालिएको हो ।

वर्षाका कारण व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ । पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क बिच्छेद भएको छ ।

छाब्दी खोलामा ठूलो बाढी आए पछि पुल भत्किएको भादगाउँका स्थानीय एवं कांग्रेस सचिव विश्व बाँस्तोलाले जानकारी दिए । उनले स्थानीय केही घर जोखिममा परेको समेत बताए ।
पानीको बहाव अझ नघटेमा थप क्षति हुने सम्भावना देखिएको उनले बताए ।