जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा ट्याक्टर पल्टिँदा चालक भीमबहादुरको मृत्यु

तनहूँको व्यास नगरपालिका वडा नं. ५ पाटनमा ट्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ ।

चापाघाटबाट ऋषिङ १ झापुटार जाँदै गरेको ग१त २६३२ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खस्दा खसेको थियो।

सो दुर्घटनामा ऋषिङ निवासी २८ वर्षका भीमबहादुर थापाको ज्यान गएको हो ।

प्रहरीका अनुसार उनको घटनास्थलमा नै ज्यान गएको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।