जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ड्युटीमा रहेका सेनाका सिपाहीले आफ्नै कन्चेटमा गोली हानी गरे आत्महत्या

नेपाली सेनाका सिपाली अम्विर तामाङले आफैँले बोकेको इन्सास राइफलले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्।

रामेछापको लिखु तामाकोशी गाउँपालिका ५ घर भई हाल रणभिम गणमा कार्यरत तामाङले आज बिहान आफ्नो दाहिने कन्चटमा गोली हानी आत्महत्या गरेका हुन ।

उनी महोत्तरीको प्रकौली स्थित रणभिम गणमा कार्यरत छन् । बिहान ३ बजेदेखि ६ बजेसम्म ब्यारेकको पेरिमिटरभित्र रहेको कर्नेल बस्ने बंगलाको छेउमै रहेको कोत ड्युटीमा थिए । उनीसँगै रहेका अर्का सिपाहीको ड्युटी सकेर हतियार वुझाउन गएको वेला उनले आफुलाई गोली हानेका थिए ।

करिब पाँच वर्षदेखि सेनामा कार्यरत रहेका मृतक तामाङले आफुलाई गोली हान्नुको कारण भने खुल्न सकेको छैन । उनको शव राखिएको स्थल सिल गरिएको छ ।

घटनाको अनुसन्धान भइरहेको र अनुसन्धान पछि मात्र थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । आफन्तलाई खबर गरिसकिएको र आफन्त आइसकेपछि शवको मुचुल्का उठाइने प्रहरीले जनाएको छ ।