डा. गोविन्द केसीको अनसन स्थगित
जन्मभुमि खबर
काठमाडौ
डाक्टर गोविन्द केसीले बुधबारदेखि सुरू गर्ने भनेको अनसन स्थगित गरेका छन् ।
माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै आफ्नो अनसन स्थगित गरेको जानकारी गराएका हुन्।
संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकोले अनसन स्थगित गरेको उनले बताए ।
तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि सुरू गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं,’डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘तर हामीसित विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने जानकारी गराउँछौं।’